उत्कृष्ट युवा खेलाडी घोषित भए एथलेटिक्सका अजित

 

असार १७, काठमाडौं । एथलेटिक्सका अजितकुमार यादव वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । 

पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा यादवले उनीसँगै नोमिनेसनमा परेका ललितनारायण राजवंशी, ब्याड्मिन्टनका प्रिन्स दाहाल, फुटबलकी मञ्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठलाई उछिन्दै यादव उत्कृष्ट खेलाडी घोषित भएका हुन् । 

null

यादवले राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण पदक हासिल गरेका थिए। अजितले हङकङमा सम्पन्न तेस्रो एशिएन युथ एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा कीर्तिमानी सहित स्वर्ण जितेका थिए। 

त्यसैगरी काठमाडौं म्याराथन ५ किलोमिटरमा खुला रोड रेसमा स्वर्ण र बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण पदक जितेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =