नहरमा पल्टियो स्कुल बस, २ शिक्षक गम्भीर घाइते
२०७६ असार २२ गते

असार २२, मोरङ । टंकी सिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कुलको बस नहरमा पल्टिएको छ ।
बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकै रहेको नहरमा को१ख १९८२ नम्बरको बस विद्यार्थी लिन जाने क्रममा दुर्घटनामा परेको हो ।
null
दुर्घटनामा २ जना शिक्षक गम्भीर घाइते भएको बताइएको छ । केही विद्यार्थी पनि सामान्य घाइते भएका छन् ।
घाइतेहरुको टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजमा उपचार उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
२०७६ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








