विश्वका ६ स्थानबाट २ सय ३९ नेपाली चेलीको उद्धार

काठमाडौं, १ साउन । पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहान्थिन् । त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो । 

 

गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जानैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् । तिनै दाइले उनलाई रसुवाबाट काठमाडौँ हुँदै कुवेतसम्म पुग्न सहयोग गरे । सुरुमा सुनितालाई ती दाइ भगवानजस्तै लाग्यो । तर, उनको त्यो सोच लामो समय टिकेन । 

null

कुवेत पुगेपछि मात्र सुनिताले आफू बेचिएको थाहा पाइन् । रसुवाकी सुनिता त उदाहरण मात्रै हुन् । उनीजस्ता कयौँ पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टमाथि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । आजको अन्नपूर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =