कारको ठक्करबाट एक जनाको मृत्यु, २ जना घाइते

बुटवल, १९ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको पाखापानीमा कारको ठक्करबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर बिहान ३ बजे एक आपसमा जुधेका थिए । 

 

दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक सैनामैना नगरपालिका ४ का अन्दाजी २५ वर्षीय अजित सलामी मगरको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

null

स्कुटरमा सवार सैनामैना ४ कै २२ वर्षीय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *