‘विद्यार्थीले शैक्षिक मेलाबाट अधिकतम लाभ लिन सक्नुहुनेछ’

इक्यान शैक्षिक मेलाले दिने सन्देश कस्तो छ ? शैक्षिक मेला भन्ने वित्तिकै शिक्षासँग जोडिएको कुरा हो । इक्यानले आयोजना गर्ने शैक्षिक मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई एकै छानामुनी विभिन्न शैक्षिक परामर्श ब्यवसायीलाई भेला गराउँछ । जहाँ मान्यता प्राप्त कन्सल्टेन्सीका दक्ष तथा अनुभवी काउन्सलर र प्रतिनिधिद्वारा विभिन्न देशका शिक्षा नीति, विश्वविद्यालय र कलेजको विस्तृत जानकारी दिने तथा विद्यार्थीलाई करियर काउन्सेलिङ गर्ने/गराउने कार्य हुने गर्दछ । तसर्थ, यो शैक्षिक मेलाले नेपाली विद्यार्थीको करियर निर्माणमा ठूलो भूमिका निर्वाह गर्दछ ।
बुद्धि प्रसाद रेग्मी, अध्यक्ष, वल्र्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट१३ औं इक्यान शैक्षिक मेला इभेन्ट म्यानेजमेन्ट
null
विगतमा भएका शैक्षिक मेला र यस पटकको शैक्षिक मेलामा के कस्तो भिन्नता छ ? विगतमा भएका शैक्षिक मेलाभन्दा यसपटक केहि फरक र नयाँ तरिकाले ब्यवस्थापन हुँदैछ । डब्लुविएमसीसँग यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न इभेन्ट आयोजना गरीसकेको अनुभव छ । त्यो अनुभवलाई हामीले १३ औं इक्यान शैक्षिक मेलामा प्रयोग गर्ने अवसर पाएका छौं । एकै छानामुनी ३ सय भन्दा बढि स्टलमा एकसय पचास भन्दा बढि कन्सल्टेन्सी, विभिन्न देशका कलेज, विश्वविद्यालयहरुको प्रत्यक्ष सहभागी हुने भएकोले नेपाली विद्यार्थीले यो शैक्षिक मेलाबाट अधिकतम लाभ लिन सक्नुहुनेछ ।
शैक्षिक मेलामा विद्यार्थी अभिभावकलाई आकर्षित गर्न कस्ता कार्यक्रम भइरहेका छन् ? यस पटकको शैक्षिक मेलालाई प्रभावकारी र ब्यवस्थित बनाउन हामीले विशेष योजना बनाएर काम गरेका छौं । शैक्षिक मेलामा अधिकतम विद्यार्थी र अभिभावकको सहभागिता रहोस भनेर परम्परागत प्रचारात्मक कृयाकलापसँगै डिजिटल टेक्नोलोजीलाई बढि प्रयोग गरेका छौं । फेसवुक, इन्ष्टाग्राम, युट्युव जस्ता सामाजिक सञ्जाल प्रयोग गरिएको छ । प्रमोशनल भिडियोहरु तयार पारिएको छ । विद्यार्थीलाई मेला स्थल भृकुटी मण्डपसम्म आइपुग्न उपत्यकाका पाँच स्थानबाट निःशुल्क बसको ब्यवस्थापन गरेका छौं । पछिल्लो समय लोकप्रिय रहेको पठाओ एपलाई समेत ट्राभलिङ पार्टनरका रुपमा प्रयोग गरेका छौं । विभिन्न कलेजहरुमा प्रचारात्मक कार्य गरिएको छ । हामीले यो शैक्षिक मेलाको प्रचारप्रसारका लागि छुट्टै टीम तयार गरेर कार्य अगाडी बढाइरहेका छौं ।
शैक्षिक मेला ब्यवस्थापनको तयारी कस्तो छ ? हामीले पहिलो पत्रकार सम्मेलन मै भनेका थियौं कि, यस पटकको शैक्षिक मेला फाइभ स्टार लेवलको हुनेछ भनेर । त्यसका लागि रेड कार्पेट विच्छ्याइनेछ । मेला स्थललाई धुलो धुँवा मुक्त गरिनेछ । हरेक स्टलमा एयर कुलर, फ्रिवाइफाइको ब्यवस्था गरिनेछ । साथमा प्रत्येक दिन मेला अवलोकनका लागि आउने विद्यार्थीहरुलाई लक्की ड्र मार्फत आकर्षक गिफ्ट ह्याम्परको ब्यवस्था गरीएको छ । भने, बम्पर उपहारको समेत ब्यवस्था गरीएको छ ।
सुरक्षाको ब्यवस्था कसरी ब्यवस्थापन हुन्छ ? दैनिक ४० देखि ५० हजार विद्यार्थी अभिभावकले मेला अवलोकन गर्ने भएकोले सुरक्षाका लागि हामी अन्यन्त शंवेदनशील भएर लागेका छौं । मेलाको सुरक्षाको जिम्मा नीजि क्षेत्रको सुरक्षा कम्पनीलाई दिइएको छ । नेपाल प्रहरीसँग पनि समन्वय गरेर मेला स्थलमा कुनैपनि अवान्छित गतिविधि नहुने वातावरण निर्माण गरिनेछ । स्टल क्षेत्रमा हाम्रा आफ्नै स्वयंसेवकहरु उपस्थित रहनुहुनेछ ।
यो शैक्षिक मेलाबाट विद्यार्थी अभिभावकले कस्ता विषयमा जानकारी लिन सक्छन् ? यो मेलाको उद्देश्य जो नेपाली विद्यार्थी अर्बोड स्टडीको सोच बनाइरहेको छ, उसलाई करियर काउन्सेलिङ गर्दै विश्वबजारमा रहेका उत्कृष्ट विश्वविद्यालय, कलेजको विस्कृत जानकारी दिने हो । मेलामा नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सी, तिनका अनुभवी काउन्सलरले विद्यार्थीलाई करियर काउन्सेलिङ गर्नेछन् । यसबाट उनीहरुले भोलीको भविष्य कसरी उज्वल बनाउने ? उच्च शिक्षाका लागि विदेश जाँदा कस्ता कलेज, विश्वविद्यालय र देश रोज्ने ? कस्ता कलेज तथा विश्वविद्यालयले छात्रबृत्ति दिइरहेका छन् ? डकुमेन्ट कसरी तयार पार्ने, भाषिक कक्षाहरु कसरी लिने ? जस्ता विषयमा निःशुल्क जानकारी हासिल गर्न सक्छन् ।
शैक्षिक मेलामा कुन वर्ग र तहका विद्यार्थीले सहभागीता जनाउनुपर्छ ? जो विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाने सोच बनाएको छ, जो विद्यार्थीले प्लस टु, ब्याचलर पास गरेको छ, त्यो भन्दा माथिको शिक्षा हासिल गर्ने विदेश जानेका लागि बढिभन्दा बढि सुचना प्राप्त गर्नका लागि शैक्षिक मेलामा उपस्थित हुन पर्दछ । एकै छानामुनी सयौं कन्सल्टेन्सी, शैक्षिक परामर्शदाता, विदेशी विश्वविद्यालय र कलेजका प्रतिनिधिसमेत उपस्थिति हुने भएकोले विद्यार्थीले हरेक कुरालाई सुक्ष्म रुपमा विष्लेषण गर्न सक्छन् ।
शैक्षिक मेलामा कुनकुन देशका कस्ता कलेज र विश्वविद्यालयहरुको उपस्थिति रहेको छ ? मुख्य रुपमा युके, युएसए, अस्ट्रेलिया, क्यानडा, न्यूजलेण्ड, इण्डिया, युरोप, साइप्रस, पोल्याण्ड, बंगलादेश, चाइना लगायत विभिन्न देशका विश्वविद्यालय, कलेज तथा तीनका नेपाल प्रतिनिधिहरुको उपस्थिति रहेको छ । कतिपय कलेजहरुबाट डाइरेक्ट प्रतिनिधि आउनुहुँदैछ । यसका अलावा इक्यानमा आबद्ध नेपाल सरकारबाट अनुमति प्राप्त एक सय बन्दा बढि कन्सल्टेन्सीहरुको सहभागीता रहेको छ ।
अन्तमा, विद्यार्थी अभिभावकलाई के भन्नु हुन्छ ? यो शैक्षिक मेला नेपाली विद्यार्थीको लागि अत्यन्त महत्वपूर्ण रहेको छ । उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीले एक पटक शैक्षिक मेला अवलोकन गरेर आफु जान चाहेको देश, कलेज विश्वविद्यालय तथा विषयको बारेमा जानकारी हासिल गर्न अनुरोध गर्दछु ।








