गुल्मीमा पहिराेः ज्यान गुमाउनेकाे संख्या १० पुग्याे, ३ जना अझै बेपत्ता

 

साउन ७, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा मंगलबार गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ। 

बेपत्ता ३ जनाको खोजी कार्य भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । 

null

सत्यवती गाउँपालिका वडा नम्बर ३, ठूलो लुम्पेकमा अविरल वर्षापछि मंगलबार बिहान ३ बजेतिर गएको पहिराले एक घर बगाउँदा त्यसमा रहेका पाँच जनामध्ये २ ज्यान गुमाएका थिए भने अर्का २ जना घाइतेको सकुशल उद्धार गरिएको छ । 

ज्यान गुमाउनेमा ३४ वर्षीया तीलकुमारी तरामु मगर र उनका ९ वर्षीय छोरा दर्शन तरामु रहेका छन् । घाइते हुनेमा उनकै छोरीहरू १३ वर्षीया धनी र १० वर्षीया करिश्मा रहेका छन् । अहिले उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । 

वडा नम्बर ४ मा करिब दुई सय मिटर माथिबाट खसेको पहिरोले तीन वटा घर बगाएको छ । तीन घरमा ९ जना व्यक्ति रहेका थिए । ती मध्ये ८ जनाको शव भेटिएको छ । 

घर बगाउँदा नाम नखुलेका एक वर्षीय बालक, ५ वर्षका हिमांशु बिक, ९ वर्षीया सिवानी बिक, ९ वर्षकै तारा बिक र नाम ३२ वर्षीया निर्मला बिक, २९ वर्षीया पम्फा बिक, १२ वर्षीया अञ्जली बिक, ७० वर्षीय छली बिकको शव भेटिएको हो । अन्य बेपत्ता छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =