वेस्टइन्डिज श्रीलंकासँग पराजित, मेन्थिसले खेल घुमाए

एजेन्सी । आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा वेस्टइन्डिज श्रीलंकासँग २३ रनले पराजित भएको छ । जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंकगणितीय संभावना कायमै राखेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनाउन सक्यो । वेस्टइन्डिजका लागि युवा खेलाडी निकोलस पुरनले १ सय १८ रनको योगदान दिएपनि एक्लो प्रयास विशाल लक्ष्य पुरा गर्न पर्याप्त भएन । 

४८ ओभरको पहिलो बलमा एन्जिलो मेन्थिसले कुशल परेराबाट क्याच आउट गराउनु अघि पुरनले १ सय ३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । यो पुरनको वान डे करियरको पहिलो शतक हो । पुरनले ९२ बलमा शतक पुरा गरेका थिए । विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले तेस्रो ओभरको दोस्रो बलमै सुनिल एम्ब्रिसलाई ५ रनमा गुमाएको थियो । उनलाई लाथिस मलिंगाले कुशल परेराबाट क्याच आउट गराए । मलिंगाले नै शाई होपलाई पाँचौं ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड आउट गरे । 

 

null

१६ ओभरको दोस्रो बलमा कसुन रजिथाले क्रिस गेललाई ३५ रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो । गेलले ४८ बलमा २ छक्का र १ चौका प्रहर गरे । शिमरोन हिटमायर २९ रनमा रन आउट भए । जोसन होल्डर २६ र कार्लोस बर्थवेट ८ रनमा आउट भएपछि वेस्ट इन्डिज ३४।३ ओभरमा १९९(६ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका एविएन एलिनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोड्दै इनिंग उकासेका थिए । 

४५ ओभरको पहिलो बलमा निकोलस पुरनसँग रनमा तालमेल गर्न नसक्दा रन आउट भएपछि वेस्ट इन्डिजको जित टाढिएको थियो । श्रीलंकाका लागि लाथिस मलिंगाले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । कसुन रजित, जेफ्री भान्डरसेय र एन्जिलो मेन्थिजले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । 

श्रीलंकाको लागि युवा खेलाडी अभिष्का फर्नान्डोले १ सय ३ बलमा ९ चौका र २ छक्का सहित १ सय ४ रनको महत्वपूर्ण योगदान दिए । फर्नान्डोलाई ४८ ओभरको दोस्रो बलमा शेल्डन कट्रेलले फबिएन एलनबाट क्याच आउट गराए । फर्नान्डोले एक सय बलमा आफ्नो वान डे करियरको पहिलो शतक पुरा गरे । जारी विश्वकपमा श्रीलंकाबाट शतक प्रहार गर्ने फर्नान्डो पहिलो खेलाडी हुन् । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १५।२ ओभरमा ९३ रनकोे साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । 

यी दुईबीचको साझेदारी कप्तान जोसन होल्डरले शाई होपबाट दिमुथ करुणारत्नेलाई ३२ रनमा क्याच आउट गराउँदै तोडे । उनले ४८ बलमा ४ चौका प्रहार गरे । १९ ओभरको पहिलो रन आउट हुनुअघि कुशलले ५१ बलमा ८ चौका प्रहार गर्दै ६४ रनको योगदान दिए । ३२ औं ओभरको पाँचौ बलमा फबिएन एलिनले कुशल मेन्डिसलाई ३९ रनमा क्याच आउट गरे । होल्डरले एन्जिलो मेथ्युजलाई २६ रनमा बोल्ड आउट गरे । तल्लोक्रमका लाहिरु थिरिमनेले ३३ बलमा ४ चौका सहित ४५ रनमा अविजित रहे । 

वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २,फबिएन एलिन,ओशन थोमस र कट्रेलले समान १ विकेट हात पारे । यो जितसँगै श्रीलंका ८ खेलमा समान ३ मा जित र हारका साथ ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । श्रीलंकाको दुई खेल वर्षाको कारण रद्ध भएको थियो । यता ८ खेलमा ६ मा हार र १ मा जित सहित वेस्ट इन्डिज नवौं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =