हङकङद्वारा नेपाललाई ९६ रनको लक्ष्य

 

असार २४, काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । 

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै मात्र ९५ रन बनायो । 

null

हङकङका लागि आदित गोरावाराले २४ रन जोडे भने काल्हन चल्लुले १९ रन बनाउँदा रौनक कपुरले १२ रन बनाए । 

हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए । 

यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए भने कुशल मल्ल र तिलक राज भण्डारीले एक–एक विकेट लिए । 

हिजो (सोमबार) भएको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =