किसानलाई अनुदान रकम र मिल्क क्यान वितरण

 

असार २०, चितवन । राप्ती नगरपालिका ७ स्थित शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्था अन्र्तगतका किसानहरुलाई दुध उत्पादनका आधारमा अनुदान रकम र मिल्क क्यान वितरण गरिएको छ । 

प्रदेश सरकारबाट प्राप्त अनुदान र राप्ती नगरपालिकाबाट प्राप्त मिल्क क्यान संस्थाका सदस्यहरुलाई शुक्रवार वितरण गरिएको हो । संस्थाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच राप्ती नगरपालिकाकी मेयर प्रभा वराल र संस्थाका अध्यक्ष छविलाल भुषालले अनुदान रकम र क्यान वितरण गरे । 

null

प्रदेश सरकारबाट प्राप्त प्रतिलिटर २५ पैसाका दरले गत वर्ष सहकारीमा दुध विक्री गर्ने ८ सय ३२ जना किसानहरुलाई ४ लाख ३ हजार ८४ रुपैया वितरण गरिएको संस्थाका अध्यक्ष छविलाल भुषालले जानकारी दिए । गत वर्ष सर्वाधिक दुध विक्री गर्ने सुर्य कडेंलले सवैभन्दा वढि ८ हजार २५९ रुपैया प्राप्त गरेका छन् । 

साथै १ सय १० जना किसानलाई एक एक थान मिल्क क्यान वितरण गरिएको थियो । शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थामा हाल दैनिक ६ हजार ६ सय लिटर दुध संकलन हुदै आएको छ । 

अनुदान वितरण कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष हरिप्रसाद पौडेल,राप्ती ७ की वडाध्यक्ष सुमिता डल्लाकोटी,८ का वडाध्यक्ष वुद्धिराज थपलिया,राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारी,सहकारीका सल्लाहाकार खेमराज पाठक, संस्थाका व्यवस्थापक खुदयराज पन्त लगायतले मन्तव्य राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *