सिरिया आक्रमणमा सात बालबालिकाको मृत्यु

असार २४, सिरिया । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साता भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले बताएका छन्। 

राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको बताए । 

हकले यसै वर्ष त्यस क्षेत्रमा भएका विभिन्न आक्रमणमा कम्तीमा १४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए । 

null

युनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले केही हप्तादेखि तिब्र रुपमा वृद्धि भएको हिंसात्मक आक्रमणबाट बालबालिकाको मृत्यु हुनेक्रम एकाएक बढेको जनाएका छन्। 

एक विज्ञप्ति जारी गर्दै उनले द्वन्दरत सबै पक्षलाई हिंसात्मक घटनाबाट बालबालिकालाई सुरक्षित गर्न आग्रह गरेका छन्। 

सिन्ह्वाका अनुसार सन् २०१८ को सेप्टेम्बरमा रुस र टर्कीले उत्तर पश्चिमी सिरियाको इडलिबमा युद्धविराम गराउन मध्यस्थता गरेका थिए। यो क्षेत्र विद्रोहीहरुको अन्तिम तर सबैभन्दा ठूलो क्षेत्र हो । 

सरकारी फौज र विद्रोहीले पछिल्लो समय उक्त युद्धविराम उल्लंघन गरेका विवरणहरु आउन थालेका छन्। 

युद्धविरामको उल्लंघनसँगै निहत्था नागरिक हिंसाको चपेटामा परेको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन्। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *