भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार
२०७६ असार २४ गते

काठमाडौं, २४ असार । गएराति तीन जना थुनुवा ग्रिल उप्काएर भागेका छन् । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा ग्रिल उप्काएर भागेका हुन् । फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका थुनुवा भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने गोप्य राखिएको छ ।
ललितपुर परिसर जावलाखेलमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । थुनुवा भगाउन सहयोग गरेको आरोपमा भैंसेपाटी प्रभागमा रहेका डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बनको प्रक्रिया थालिएको छ । उनीहरुलाई निलम्बन गर्न लागिएको परिसरले जनाएको छ ।
null
२०७६ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








