केशवले ल्याए ‘ताप्लेजुङको पाथीभरा’ (भिडियोसहित)

काठमाडौँ, १७ असार । पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका गायक केशव राई विगत दुई दशकदेखि गीत सङ्गीत क्षेत्रमा क्रियाशील रहँदैआएका छन् । कर्मको सिलसिलामा हाल मकाउमा बस्ने उनी आफू जहाँ रहेता पनि आफ्नो माटो, कला र संस्कृतिलाई कहिल्यै भुल्न नसक्ने बताउँछन् । 

‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ नामक गीति एल्बम प्रकाशन गरिसकेका राई साङ्गीतिक क्षेत्रका लोकप्रिय प्रतिभा हुन् । छोटो समयको लागि यसबेला मातृभूमिका रहेका केशवले एक दर्जन गीत रेकर्ड गराउन भ्याइसकेका छन् । जसमध्ये राजु आङ्देम्बेद्वारा संगीतबद्ध ‘ताप्लेजुङको पाथीभरा’को गीतको भिडियो उनको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ । 

उक्त गीतमा उनलाई गायिका जुनी खालिङ राईले सघाएकी छिन् । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =