तनहुँका ३६ वडा पहिरोको जोखिममा

 

साउन ५, दमौली । केही दिनअघि परेको वर्षापछि आएको बाढी र पहिरामा परी देशका विभिन्न जिल्लामा ६९ जनाको ज्यान गयो । अरु ३८ जना घाइते भए र ३१ जना बेपत्ता छन् । सो¥ह हजारभन्दा बढी घरपरिवार विस्थापित भए । प्रत्येक वर्ष बाढी र पहिराबाट धेरै नेपालीले ज्यान गुमाइरहेका छन् । 

तनहुँ जिल्लामा यस वर्ष बाढी र पहिराबाट क्षति भएको छैन । गत असार २९ गते राति परेको वर्षाले म्याग्दे गाउँपालिका–१ गुणादीमा एक घर भने पहिराले भत्काएको छ जसबाट रु ७ लाख क्षति भएको अनुमान गरिएको छ । जिल्लामा अहिलेसम्म बाढी र पहिराले क्षति नपु¥याए पनि ८५ मध्ये ३६ वडा भने पहिराको जोखिममा छन् । 

null

जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले बनाएको विपद् प्रतिकार्य योजनानुसार जिल्लाका दश वटै स्थानीय तहका ३६ वडा पहिको जोखिममा रहेको पाइएको छ । पहाडी तथा भिरालो भूबनोटका कारण अधिकाँश क्षेत्रमा पहिको बढी जोखिम छ । यस्तै आगलागी, बाढी, खडेरी र सडक दुर्घटनाको जोखिम पनि जिल्लामा उत्तिकै रहेको समितिले जनाएको छ । 

शुक्लागण्डकी नगरपालिका–१, १०, भिमाद नगरपालिका–१, ५, ६, ७, ८, भानु नगरपालिका–४, ६, १०, ११, व्यास नगरपालिका–७, ८, ९, ११, १२, आँबुखैरेनी गाउँपालिका–४ र ६ पहिरोको जोखिममा छन् । त्यस्तै, रिसिङ गाउँपालिका–१, २, ६, ७, ८, घिरिङ गाउँपालिका–३, ४, ५, बन्दीपुर गाउँपालिका–१, २, ४, ५, ६, म्याग्दे गाउँपालिका–१, २, ३ र देवघाट गाउँपालिका–४ र ५ पनि पहिरोको उच्च जोखिममा छन् । 

त्यस्तै बाढीबाट जिल्लाका २९ वडा जोखिममा छन् । व्यास नगरपालिका–१, २, ३, ५, ५, ७, ८, १०, ११, १३, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४, शुक्लागण्डकी नगरपालिका–२, ३, ५, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका–११, १३, भिमाद नगरपालिका–१, देवघाट गाउँपालिका–४ र बाढीको जोखिममा छन् । यसका अलावा रिस्ती, साँगेखोलासँग जोडिएका नगरपालिका र गाउँपालिकाहरु, नाउदी र पाउदी खोलासँग जोडिएका नगरपालिका र गाउँपालिका, क्याङ्दी, चुँदी, मादीसेती, फिर्दी खोला र चुँदीखोलासँग जोडिएका नगरपालिका र गाउँपालिका पनि बाढीको जोखिममा छन् । 

विगतको घटनाका आधारमा पहिरो, बाढी, आगलागी, खडेरी लगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ‘पहिरो, बाढी, आगलागी, चट्याङ जिल्लाको प्रमुख प्रकोपहरु रहेकाले विपद्को अवस्थामा तयार रहने स्थितिको सिर्जना गर्न आवश्यक छ,’ प्रजिअ पण्डितले भने, ‘त्यसैको तयारी स्वरुप विपद् प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढेका छौं ।’ 

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्रहरु निर्धारण गरिएका छन् । पण्डितका अनुसार जिल्लाभित्र विपद् सम्बन्धी कुनै घटना घटेको जानकारी हुनासाथ कार्ययोजनामा उल्लिखित क्षेत्रगत अगुवा निकायहरु एवं सहयोगी संस्थाहरु सक्रिय हुनेछन् । 

जिल्लामा समन्वय तथा सूचना व्यवस्थापन, खोजतलास तथा उद्धार, खाद्य व्यवस्थापन, आपत्कालीन आवास तथा गैर खाद्य सामग्री, खानेपानी, सरसफाइ र स्वास्थ्य प्रबद्र्धन, स्वास्थ्य तथा पोषण, आपत्कालीन शिक्षा र संरक्षण गरी आठ विषयगत क्षेत्र गठन भएका छन् । 

आपत्कालीन अवस्थामा उद्धार गर्न जिल्लामा पर्याप्त मात्रामा सामग्रीहरु तयारी अवस्थामा राखिएका छन् । कृष्णदल गणले सेनानीको कमाण्डमा एक गुल्म फौज, बञ्चरो, फायर स्वाटर, फायर रेक, फायर साभेल, एक्सटिङ्गुइसर, क्याराबिनर फिगर, लाइफ ज्याकेट लगायतका सामग्री व्यवस्थापन गरेको प्रमुख सेनानी अनन्तबहादुर सिंहले जानकारी दिए । –रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =