ओपो एप ११ ज्वेलरी ह्वाइट चाँडै उपलब्ध हुने

 

असार १९, काठमाडाैँ ।  वैश्विक ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनी ओपोले ओपो एफ ११ नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । 

ओपोका अनुसार चाँडै नै कम्पनीले एफ ११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको छ । रु. ३७ हजार ९ सय ९० मूल्य निर्धारण गरिएको एफ ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध गरिएकाे छ । 

null

सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ रंगको एफ ११ लाई पनि उपभोक्ताले पछिल्ला मोडललाई झैँ रुचाइ उत्तिकै माया दिने कम्पनीको दृढ विश्वास  लिएकाे छ । 

ओपो नेपालमा प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने कम्पनीका अनुसार “वैश्विक ब्राण्डका रुपमा ओपोले आफ्ना उपभोक्ताका माग र आवश्यकतालाई विशेष प्राथमिकताका साथ बुझ्न सदैव तत्पर रहन्छ । उत्पादन मार्फत तिनलाई मिल्ने सन्तुष्टि नै हाम्रालाई प्रमुख प्राथमिकताको विषय हो । ब्यक्ति पिच्छे मानिसको ब्यक्तित्व फरक हुन्छन् । त्यही अनुरुप तिनका चाहना र आवश्यकता पनि । रंगले पनि एक वा अनेक तवरमा तिनको ब्यक्तित्व झल्काउने गर्छ ।” 

ट्राओले भने, “सार्वजनिकको तयारीमा रहेको नयाँ एफ११ को ज्वेलरी ह्वाइट अप्सनले थप उपभोक्ताका मागको सम्बोधन गर्ने कुरामा हामी विश्वस्त छौँ । उत्पादनले उपभोक्ताबाट प्राप्त माया र सद्भावको निरन्तरताका लागि सघाउने हाम्रो आशा छ ।” 

कम्पनीका अनुसार नयाँ रंगको एफ ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेता मार्फत मध्य जुलाई देखि सर्वत्र उपलब्ध हुनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *