विश्वकप एसिया छनोट : निर्णायक खेलमा टस हारेर फिल्डिङ गर्दै नेपाल (LIVE)
२०७६ साउन १२ गते

काठमाडौं, १२ साउन । आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनलमा आइतबार नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा कतारसँग पराजित भएपनि नेपाली टिमले त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरको सामना गर्न लागेको हो ।यता अंक तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुर पनि घरेलु मैदानमा जित निकालेर ग्लोबल क्वालिफायर्समा स्थान बनाउन चाहन्छ । नेपाल र सिंगापुरबीचको फाइनल खेल सेन्टर विकेटमा खेलाइँदैछ । यो पिचमा नेपाल र सिंगापुरले पहिलो पटक खेल्न लागेका हुन् ।यसअघि यो पिचमा एक खेल मात्र भएको थियो । जसमा कुवेतले पहिले ब्याटिङ गर्दै एक सय ९० रन भन्दा माथि स्कोर गरेको थियो । आज नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । कुवेत विरुद्धको सेटलाई नै मैदानमा उतारेको छ ।
२०७६ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








