१ लाख ७५ हजार घुससहित २ जना पक्राउ

 

साउन २, पोखरा । सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना घुससिहत पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ७५ हजार रुपैयाँ घुससहित डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाहीलाई रंगेहात नियन्त्रणमा लिएको हो । 

null

सडकको भुक्तानी दिने सन्दर्भमा उनीहरुले घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धान अगाडी बढाइएको सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *