कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

इटहरी, २९ असार । सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ । आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ । शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको थियो । 

अहिले पनि ब्यारेजका ५६ ढोका खुला छन् । पानीको सहज निकास भएपछि पानीको बहाव कम भएको हो । कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =