इक्यानको शैक्षिक मेला सम्पन्न, ५० हजारले गरे अवलोकन

काठमाडौं, ३० असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा राजधानीमा सुरु भएको १२ औं इक्यान शैक्षिक मेला आइतबार सकिएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजित मेलामा ४ दिनमा ५० हजार जनाले अवालोकन गरेको इक्यानले जानकारी दिएको छ । मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, यूके, न्यूजिल्याण्ड, क्यानडा यूरोपसँगै छिमेकी मुलुकहरु भारत, चीन, बंगलादेशलगायतमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई करिअर काउन्सेलिङ गरिएको थियो । 

 

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले भने, ‘मेला निकै सफल रह्यो, मुसलधारे पानीले केही समस्या आए पनि समग्रमा मेला सफल भएको छ, मेलाबाट विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि र एजुकेशन कन्सलटेन्सीका परामर्श दाताहरुबाट जेन्युन काउन्सेलिङ पाएका छन् ।’ 

null

 

चार दिनसम्म चलेको मेलामा कलाकार, नेता तथा यूवाहरुले अवलोकन गरेका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार उद्घाटन गरेको मेलाको दोस्रो दिन विदेशमा उच्च शिक्षा लिइ नेपाल फर्किएका युवाहरु डा. समीर मणि दीक्षित, नेतृ मानुषीयमी भट्टराई र चलचित्र निर्देशक बिनोद पौडेलले विदेशको शिक्षाबारे आफ्ना अनुभव साटेका थिए । 

 

विद्यार्थी तथा अभिभावकसँग साक्षात्कार गर्दै उनीहरुले उच्च शिक्षाका लागि कुनै पनि मुलुकमा गए पनि त्यहाँ सिकेको सीप नेपाल फर्किन सुझाव दिए । मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको थियो । मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको थियो । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी गरेको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =