बल्खु र कालीमाटी तरकारी बजारमा अनुगमनः १९ व्यापारीलाई जरिवाना
२०७६ साउन ३ गते

साउन ३, काठमाडौं । बल्खु र कालीमाटी तरकारी बजारमा शुक्रबार बिहान अनुगमनका लागि गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले १९ जना व्यापारीलाई जरिवाना गरेको छ ।
अस्वभाविक रुपमा तरकारीको मुल्य बढाइएको पाइएपछि एकाबिहानै अनुगमन गर्न गएको टोलीले अत्यधिक नाफा लिएर तरकारी बेच्ने बल्खु र कालीमाटी तरकारी बजारका १९ व्यापारीलाई ५ हजारदेखि २० हजारसम्मको जरिवाना गरेको हो । अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारवाही गरेको यो पहिलो पटक हो।
एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०–५० रुपैयाँ नाफा राखेर बेचेको पाइएपछि कारबाही गरिएको टोलीले जनाएको छ ।
null
टोलीले अहिलेसम्म कालिमाटी बजार भित्रका ८ र बल्खु बजार भित्रका ११ जना व्यापारीलाई कारवाही गरेको छ ।
२०७६ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








