खैरहनीले बाँड्यो ५ लाखको फलफुलका विरुवा

 

साउन ५, चितवन । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख रुपैया वरावरको फलफुलका विरुवा वितरण गरेको छ । 

गत आर्थिक वर्षमा विभिन्न प्रजातिको आँप, लिच्ची, रुख कटहर र कागतीका विरुवा वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकान्त घिमिरेले जानकारी दिए । गत वर्ष व्यक्तिगत रुपमा धेरै विरुवा वितरण भएपनि यस पटक भने संस्थाहरुले बढी विरुवा लगेका छन् । 

null

कृषि शाखा प्रमुख घिमिरेका अनुसार आँप ५ हजार १ सय बोट, लिच्ची २ हजार बोट, कटहर ६ सय बोट र कागती २ हजार ६ सय बोट वितरण गरिएको हो । संस्थाहरुलाई निः शुल्क र व्यक्तिगत रुपमा आएकालाई अम्रपाली आँप प्रतिबोट १५ रुपैयाँ, अन्य आँप ९ रुपैयाँ, लिच्ची ८ रुपैयाँ, कागती ७ रुपैयाँ र कटहर ५ रुपैयाँका दरले वितरण गरिएको थियो । 

खैरहनीका मेयर लालमणी चौधरीले बाहिरबाट आयात हुने फलफुललाई केही हद सम्म न्युनिकरण गर्ने उदेश्य र स्थानीयको आयआर्जन गराउन विरुवा वितरण गरिएको बताए । उनका अनुसार यस पटक केही सार्वजनिक जग्गामा फलफुलका विरुवा रोपिएको छ । 

खैरहनी १ स्थित राजमार्गको दायाँवायाँ लगायत वडा नम्वर २, वडा नम्वर ४ ,वडा नम्वर ६ लगायतका सार्वजनिक जग्गामा समेत फलफुल लगाईएको छ । वितरित विरुवाको रेखदेख गरि फल उत्पादन हुने सम्मको बनाउन नगरपालिकाले आग्रह गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =