बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्व नासुले गरे आत्महत्या

 

साउन १२, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । 

श्रेष्ठले आइतबार माछापोखरीस्थित सपिङ मलबाट हाम फालेर आत्महत्या गरेका हुन् । घटनालगतै पिपल्स अस्ताल लगिएको थियो । उनलाई अस्पतालले नै मृत घोषणा गरेको बालाजु प्रहरीले जनाएको छ । 

null

प्रधानमन्त्री निवासको सरकारी जग्गा सत्ता, शक्ति र पदको दुरुपयोग गरी निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानविन गरिरहेको थियो । 

श्रेष्ठ मालपोत कार्यालयमा रहँदा भू–माफियासँग मिलेर काम गरेको अख्तियारको आरोप छ । अख्तियारमा उनको बयान चलिरहेको थियो । 

श्रेष्ठको स्थायी घर पर्वत हो । उनी पर्वत कांग्रेसका नेता समेत हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *