‘हामी लिन होइन दिन आएका हौँ, हिनामिना हुँदैन, ढुक्क हुनुस्’

 

साउन १२, चितवन । चितवनमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको चर्चा अहिले देश विदेशमा छ । 

रंगशाला निर्माणस्थलको बार स्थानीयवासीले भत्काएपछि यसको चर्चा झनै चुलिएको थियो । त्यसपछि रंगशाला निर्माण हुने नहुने शंको विषय बन्यो । तर घटना भएपछि पनि रंगशाला निर्माणको नेतृत्व गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसन कति पनि डगमगाएन । 

null

गत जेष्ठ १५ गते स्थानीयको एक समुहले निर्माणस्थलको भार भत्काएको थियो । निर्माणलस्थलको काम करिब २ महिना त रोकियो तर अहिले पुन सुचारु भइसकेको छ । पुनर्निर्माणको काम सुचारु भएपछि चितवनबाट फाउण्डेसनलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ । 

सहयोग जुटिरहँदा अझै पनि कतिपयले काम नहुने हो कि भन्ने शंका मात्र गर्दैनन्, पारदर्शी रुपमा काम नहुने हो कि पनि भन्छन् । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) भने यसमा शंका नगर्न आग्रह गर्छन् । 

‘चितवनलाई दिन आएको हुँ । मैँले केही लिएर जादिन । जन्मिएपछि समाज र राष्ट्रका लागि केही उदाहरणीय काम गर्नुपर्छ । त्यो हामीले सुरुवात गरेका हौँ । गौरवको परियोजना चितवनलाई हस्तान्तरण गरेर यहाँबाट जान्छौ । यसअघि पनि नमुना बस्ती बनाएर सबैको विश्वास जितिसकेका छौँ,’ धुर्मुसले भने । 

रंगशाला निर्माणमा पनि कुनै हिनामिना नहुने स्पष्ट पार्दै उनले भने, ‘कलाकारितामा हामी जमेकै छौँ । पैसा पनि कमाएका छौँ । सबैको माया पाएका छौँ । पैसामा कुनै शंका नर्गनुस्, प्रत्येक सहयोग सार्वजनिक गर्दै जानेछौँ ।’ 

अन्र्तराष्ट्रिय क्षेत्रको केन्द्र समेत बन्ने यो रंगशाला मस्तिकमा बनिसकेको बताउँदै उनले साझा परियोजनाको रुपमा सबैले अपनत्व ग्रहण गर्नुपर्छ । भरतपुर १५ मा करिब २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा रंगशाला निर्माण गर्न लागिएको हो । 

अहिले निर्माणस्थलमा दुबो हुर्काउने, मैदान बनाउने, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम भईरहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए । करिब ३ अर्बको लगानीमा निर्माण गरिने रंगशालाको शिलान्यास दशैँअघि नै गर्ने तयारी छ । 

 

भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस सुन्तली फाउण्डेसनलाई रंगशाला निर्माणका लागि साढे ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई चेक हस्तान्तरण गरे । 

यो रकम भरतपुर महानगरपालिकाका २९ वटै वडाका कर्मचारी र जनप्रतिनिधिहरुबाट संकलन गरिएको हो । रंगशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु ५ करोड ४५ लाख विनियोजन गरिसकेको छ । प्रदेश नम्बर ३ बाट पनि रु ५ करोड विनियोजन भएको छ । 

यसैबीच चितवन उद्योग संघले १२ लाख ७५ हजारको चेक हस्तान्तरण गरको छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई सो चेक हस्तारण गरेका हुन् । 

गत माघ १६ गते रंगशाला निर्माण घोषणा कार्यक्रममा संघले रु ५१ लाख दिने घोषणा गरको थियो । अब बाँकी रकम चाँडै हस्तारण गर्ने अध्यक्ष दुवाडीले बताए । 

यस्तै अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ गैँडाकोटले दोस्रो किस्ताको रकम हस्तान्तरण गरको छ । कलेजका प्रिन्सिपल हरि भण्डारीले २ लाख ३३ हजार फाउण्डेसनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरे । कलेजले क्रिकेट रंगशाला निर्माण गर्न रु ७ लाख ७७ हजार सहयोग गर्ने घोषणा गरको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *