अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई घरधनीहरुको शोषण

काठमाडौं, २५ असार । अस्ट्रेलियामा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई घरधनीहरुले शोषण गरेको रिर्पोट सार्वजनिक भएको छ । अस्ट्रेलियामा रहेको युनिभर्सिटी अफ न्यू साउथ वेल्स (युएनएसडब्लु) ले हालै सार्वजनिक गरेको रिर्पोट ‘नो प्लेस लाइक होम’ मा सिड्नीमा रहेका कैयौं अन्तर्राष्ट्रिय विद्यार्थीहरु शोषणको मारमा परेका हुन् । सो विश्वबिद्यालयको मानव अधिकार क्लिनिकले गरेको अनुसन्धानमा ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सस्तो, कानूनी र सुरक्षित बसोबास नभएको उल्लेख गरिएको छ । 

 

सो रिर्पोटमा विद्यार्थीहरुलाई उत्पीडन हुने गरेको, भिडभाडयुक्त घरमा राखिएको र अचानक घरबाट निकालिएको लगायतका विभिन्न समस्याहरु देखाइएको छ । मुख्य गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरु एक्लै हुने गरेको र उनीहरुको कानूनी अधिकारका बारेमा जानकार नभएकाले समेत पीडित हुने गरेको बताइएको छ । विश्वविद्यालयले अक्टोबर २०१७ देखि अप्रिल २०१८ सम्मको अवधिमा अस्ट्रेलियामा रहेका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरुमा अध्ययन गरिएको थियो । 

null

सिड्नीमा अध्ययन गरिरहेका विद्यार्थीहरुको मुख्य गरेर बसोबास सम्बन्धी समस्याहरुका बारेमा अध्ययन केन्द्रित गरिएको थियो । रिर्पोटमा विद्यार्थीहरुले बसोबास गर्ने क्रममा भोग्नु परेको गम्भीर समस्याहरुको अध्ययन गरेको थियो । यूएनएसडब्लुकी प्राध्यापक तथा क्लिनिकल सुपरभाइजर मारिया नवाजले विद्यार्थीहरु कानूनी रुपले सुरक्षित नगरिएको बताउनु भएको छ । सार्वजनिक गरिएको रिर्पोटका अनुसार कैयौं विद्यार्थीहरुले थाहै नभएका घरधनीहरुलाई अग्रिम भुक्तानी दिनुपरेको, केही घरधनीहरुलाई आवश्यक्ता भन्दा धेरै बोन्ड तिर्नुपर्ने (घर लिनुअघि धरौटीका रुपमा दिनुपर्ने रकम), अचानक घरभाडा बढाउने लगायतका समस्याहरु देखिएको छ । 

अस्ट्रेलियामा सुरुमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुलाई मुख्य समस्या बसोबास र रोजगारको हुने गरेको छ । रिर्पोट सार्वजनिक गरेको संस्थाकी निर्देशक बासिना फारबेनबल्मले सिड्नीको घरको उच्च भाडा र सीमित विद्यार्थीहरुका लागि उपलब्ध बसोबासको सुविधाका कारण उनीहरु समस्यामा परेको उहाँले बताउनुभयो । ‘बसोबास जीवनको लागि आधार भएपनि अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नो महत्वपूर्ण समय बस्नका लागि घर खोज्न समय बिताएर अध्ययनमा पूर्ण समय दिन पाउँदैनन् ।’ रिर्पोटमा भनिएको छ । अस्ट्रेलियाको सरकारी तथ्यांक अनुसार अहिले करीब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरुले त्यहाँका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि भर्ना लिएका छन् । कान्तिपुर दैनिकमा नारायण खड्काले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =