नेपाल इञ्जिनियरिङ कलेजकाे ‘नेक इन्जिनियम २०१९’ सम्पन्न

 

साउन ६, काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजले एकदिने ‘नेक इन्जिनियम २०१९’ सम्पन्न गरेको छ । 

‘इट इज टाइम टु सो ह्वाट वी क्यान’ भन्ने नाराका साथ कलेजले एक्जिभिसनका रुपमा ‘नेक इन्जिनियम २०१९’ सम्पन्न गरेको हो । 

null

प्रदर्शनीको उद्घाटन चाँंगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र एवं कलेजका संस्थापक अध्यक्ष दीपक भटराईले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रमको उद्घाटन गर्दै मेयर मिश्रले प्रदर्शनीबाट विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने विश्वास व्यक्त गरे । यस्तै कलेजमा लाष्ट सेमेष्टरमा अध्ययनरत विद्यार्थीले आफूले सिकेको ज्ञान प्रदर्शनीको रुपमा प्रोजेक्ट इक्जिविशनको रुपमा कार्यक्रम गरेको कलेजका कार्यबाहक प्राचार्य दीपक धामीले बताए । 

एक्जिभिसनमा दुई सय भन्दा बढी स्टलहरुमा विद्यार्थीहरुले आफूले गरेका कामहरुको प्रदर्शन गरेका थिए । त्यसमा चार सय भन्दा बढी विद्यार्थीको संलग्नता रहेको थियो । 

उक्त कलेजले २०१४ देखि वर्ष बिराएर यस्तो कार्यक्रम गर्दै आएको नेपाल इन्जिनियरिंग कलेज इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्रोजेक्ट म्यानेजर एवं एक्जिविशन कोअर्डिनेटर सचिन श्रेष्ठले जानकारी दिए । 

एक्जिविशनको क्रममा आन्तरिक तथा बाहय विभिन्न प्रतियोगिताहरु भएको थियो । प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । विजयीहरुलाई नगदका साथै शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =