पानी जहाजबाट खसेर १ वर्षे बालिकाको मृत्यु

 

असार २५, अमेरिका । आईतबार अमेरिकामा पानी जहाजको ११ औँ तलाबाट खसेर १ वर्षे बालिकाकाे मृत्यु भएको छ । 

रोयल क्यारेबियन क्रुजको ११ औँ तलाको सिसा नभएको झ्यालबाट  खसेर १ वर्षे बालिका क्लोइ विगाण्डको मृत्यु भएको हो । उनको मृत्युपछी उनका परिवारले पानी जहाज सञ्चालक कम्पनीको लापरवाहीको कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन् । 

null

मृतक बालिकालाई उनका हजुरबुवाले पानी जहाज भित्रकाे बालबालिका खेल्ने क्षेत्रको रेलिङ्गमा राखेका थिए । आफूहरुलाई रेलिङ्गमा सिसा रहेको लागेर त्यहाँ क्लोइलाई छाडेको परिवारका सदस्यको दाबी रहेको छ । 

 

जहाजको ११ औँ तलामा मृतक क्लोइ उनका हजुरबुवासँग खेलिरहेका थिए । क्लोइले आफ्ना दाइको हक्की खेल हेर्न गएका बेला सिसाबाट चियाएकी थिइन् । पानी जहाजमा पनि त्यस्तै गर्न खोज्दा उनी खस्न पुगेको बालिकाको परिवारका वकिलले बताएका छन् । 

मृतक बालिकाको अभिभावक किमबर्ली र एलन विगाण्ड पानी जहाजमा बालबालिकाका लागि छुट्याइएको क्षेत्रमा सिसा बिनाको झ्याल किन राखिएको हो भन्ने कुराको उत्तर चाहन्छन् । यस्तै खुला झ्याल रहेको अवस्थामा खतराको सूचक किन राखिएन भन्ने उनीहरुको प्रश्न रहेको छ । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *