बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ९० पुग्यो, २९ जना अझै बेपत्ता

 

साउन २, काठमाडौं । बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । 

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार हालसम्म बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको हो । 

null

यस्तै २९ जना अझै बेपत्ता छन् भने ४१ जना घाइते छन् । हालसम्म ३ हजार ६ सय ६६ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । 

घाइतेमध्ये ११ जनाको उपचार भइरहेको र अन्य व्यक्ति उपचारपछि घर फिर्ता भइसकेका छन् । 

लगातारको वर्षाका कारण गएको बाढी र पहिरोका कारण देशभरका जनता प्रभावित भएका थिए। खासगरी तराईका जिल्लाहरुमा बाढी तथा डुवानले धेरै क्षति पुर्‍याएको थियो। पहाडी क्षेत्रमा भने पहिरोले बढी क्षति पुगेको थियो। 

नेपाल रेडक्रस सोसाइटीले देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको प्रारम्भिक अनुमान गरेको छ । 

बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *