बबरमहलमा ट्याक्सीसँग स्कुटर ठोक्कियो, एक जनाको मृत्यु
२०७६ असार २२ गते

असार २१, काठमाडौं । राजधानीको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
माइतीघरबाट बानेश्वर जाँदै गरेको बा८३प ४०३५ स्कुटी र बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा२ज ११८८ नं को ट्याक्सी काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा एकआपसमा ठोक्किदा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापाको मृत्यु भएको हो ।
null
घाइते स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको भने माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि खोटाङ घर भएका ट्याक्सी चालक मिलन राई र ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७६ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








