नेपाललाई ऐतिहासिक सफलता, मलेसिया दोस्रो पटक पराजित

असार २९, काठमाडौं । टी–२० क्रिकेटमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध लगातार दोस्रो जित निकालेको छ । 

जितसँगै नेपालले मलेसियाविरुद्धको टि–२० शृंखलामा क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको छ। मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । 

शनिबारको खेलमा मलेसियाविरुद्ध ७ विकेटले जित निकालेको नेपालले आइतबार २–० को जित हात पारेको हो । 

null

किनरारा ओभलमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । 

मलेसियाका लागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए । त्यस्तै अमीनुद्वीन रामलीले २४, भिरनदीप सिंहले २३, मुहम्मद रियाहदतले २१, अहमेद फैजले १७, शफीक शरीफले १० र अरुवर अरुद्वीनले ७ रन जोडे । 

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । 

नेपालको लागि विनोद भण्डारीले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका विनोदले नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाए । 

यस्तै शरद भेषवाकरले ४०, कप्तान पारस खड्काले २३, रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए । 

मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =