लागुऔषध र गोली सहित ५ जना पक्राउ, ३ प्रहरी पनि सामेल

 

साउन ११, धरान । इलाका प्रहरी कार्यालय धरानले सुनसरीको धरानमा लागुऔषध र पेस्तोलको गोली सहित तीन प्रहरी सहित पाच जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीमा दरबन्दी भई हाल धरानमा कार्यरत विराटनगर घर भएका प्रहरी जवान दीपक कुमार तामाङलाई धरान–१६ मा रहेको धरान रङ्गशालाको प्याराफिट बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । 

null

उनी सहित धरान–८ का ३४ वर्षीय दिलकुमार लिम्बू, ४० वर्षीय ओमबहादुर लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये दिलकुमारले बोकेको बजारे झोला चेकजाँच गर्दा लागुऔषध स्पास्मोप्रोक्सिभन २ सय ६४ ट्याब्लेट र स्पास्मोट्रोक्सिभन १ सय ३६ क्याप्सुल भेटिएको छ । यसैगरी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वार्टर सुनसरीमा दरबन्दी भई सुरक्षा बेस सिराहाको गोलबजारमा कार्यरत सशस्त्र प्रहरी जवान जङ्गबहादुर श्रेष्ठलाई लागूऔषध र पेस्तोलसहित पक्राउ गरेको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

भोजपुरको ट्याम्के मैयुङ गाउँपालिका–२ का स्थायी बासिन्दा जंगबहादुर श्रेष्ठ लागुऔषध सँगै गोली ओसार पसार गर्नै कार्यमा संलग्न रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । इलाका प्रहरी कार्यालय धरानले पहिलो पटक लागूऔषधमा प्रहरीलाई पक्राउ गरेको हो । 

लागुऔषध र अपराध नियन्त्रणमा लागेका प्रहरी आँफै लागुऔषध ओसारपसार कारोबारमा लाग्नुका साथै आपराधिक गतिविधिमा लागेको पाउनु प्रहरी संगठनभित्र पनि सुद्धिकरण हुनुपर्नै कुरा उठ्न थालेको छ । पक्राउ परेका पाँचै जनालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *