पहिरोमा पुरिएर काठमाडौंमा एकै परिवारका ३ जनाको मृत्यु

 

असार २७, काठमाडौं । अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा काठमाडौंमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

पहिरोले घर पुरिँदा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव को मृत्यु भएको हो । 

null

अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । 

काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ भने ८ जना बढी बेपत्ता भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *