यी हुन् पप्पु कन्स्ट्रक्सनले काठमाडौंमा हालै बनाएका पुलहरु

 

श्रवण २, काठमाडाैँ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले काठमाडौंमा दर्जन भन्दा बढी पुल गत आर्थिक बर्षमा निर्माण सम्पन्न गरेको छ । 

अरु निर्माण कम्पनीका सडक तथा पुल निर्माणका आयोजनाहरु समयै निर्माण सम्पन्न नभईरहेको अवस्थामा पम्पु कन्स्ट्रक्सनले भने समयमै ती आयोजनाहरु सम्पन्न गरेको हो । 

null

सो कम्पनीले गत आर्थिक बर्ष २०७५–२०७६ मा देशभर ७ किलोमिटर भन्दा बढी पुल निर्माण गरेकोमा काठमाडोमा मात्रै दजर्न बढी पुल बनाएको छ । डिजायनिङ र केही खोलामा आएको समस्याका कारण केही आयोजनाहरुको निर्माण गति तिब्र हुन नसकेपनि थुप्रै आयोजना समयमै सम्पन्न भएका छन् । काठमाडौंमा मात्रै दर्जनौ स्थानमा पुल बनेका छन् । कलंकी सुनारगाँउमा खसीबजारमा पुल, सुन्दरीघाटमा किर्तीपुर र ललितपुर जोड्ने बाग्मती नदीको पुल हालै सम्पन्न आयोजना हुन् । 

 

यस्तै कान्ती लोकपथ अन्तरगत बगुवामा बाग्मती नदी पुल, विष्णुमती खोलामा डल्लु पुल, टेकु र कालिमाटी जोड्ने टेकु पुल हालै निर्माण सम्पन्न भएका पुल हुन् । यस्तै तीनकुनेमा बाग्मती पुल निर्माणाधिन अवस्थामा छ । केही विवादका कारण सो पुलको निर्माणमा ढिलाई भएको जनाईएको छ । पप्पु कन्ट्रक्सनले हालसालै देशभर ५० भन्दा बढी पुल निर्माण सम्पन्न गरेको पुल महाशाखाले जनाएको छ । 

 

धेरै ठाँउमा आयोजनाहरु समयमै निर्माण सम्पन्न गरेको सो कम्पनीले केही ठाउँमा भने समयमै काम गर्न सकेको छैन । डिजायनिङ र केही खोलामा आएको समस्याका कारण केही आयोजनाहरु अघि बढ्न नसकेको पप्प कन्स्ट्रक्सनका निर्देशक सुमित रौनिरयारले बताए । 

उनले मकालु खबरसंग भने ‘ढिलासुस्ती र आलटाल गर्ने प्रबृती सरकारी संययन्त्रका कारण काममा ढिलाई भएको छ, काम भईरहेका तथा सम्पन्न भएका आयोजनाको भुक्तानी समयमा नपाउनुनाले केही आयोजनाको काममा ढिलाई भएका हुन् ।’ सरकारी ढिलसुस्ती तथा लापरवही, भुक्तानी दिन आलटालकै कारण पप्पुले काम सकेपनि ४० करोड रुपैयाँ भन्दा बढी भुक्तानी पाउन बाँकी छ । 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *