नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त

 

साउन ९, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । 

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्राधिकरणको अध्यक्षमा खनाललाई नियुक्त गरिएको जानकारी दिएका हुन् । 

null

दिगम्बर झालाई हटाएपछि उक्त पद रिक्त थियो । रिक्त पदका लागि समितिले सुचना निकालेपछि त्यसमा झासँगै प्राधिकरणमै कार्यरत आनन्दराज खनाल, पुरुषेत्तम खनालले आवेदन दिएका थिए । दुवैलाई उछिन्दै खनाल अध्यक्षमा नियुक्त भएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *