अफगानिस्तान आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिज पराजित

एजेन्सी । अफगानिस्तान एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएको छ । बिहीबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएसँगै अफगानिस्तान विश्वकपमा अंक बिहीन हुँदै घर फर्किने भएको छ । अफगानिस्तान ९ खेलमा ९ पराजित हुँदै पुछारमा रहेर विश्वकप अन्त्य गरेको हो । त्यस्तै वेस्ट इन्डिज ९ खेलमा २ मा जित र ६ मा हारका साथ ५ अंक जोडै नवौं स्थानमा रहेर यस विश्वकप समाप्त गर्यो । एक खेल वर्षाको कारण रद्ध भएको थियो । 

३ सय १२ रनको विशाल लक्ष्य पक्ष्याएको अफगानिस्तान निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८८ रन बनायो । अफगानिस्तानका लागि १८ वर्षिय युवा विकेटकीपर इकराम अलीखीलले सर्वाधिक ८६ रनको योगदान दिए । ३६ ओभरको तेस्रो बलमा क्रिस गेलले एलबी डब्लू आउट गर्नु अघि इकरामले ९३ बलमा ८ चौका प्रहार गरे । त्यस्तै रामत शाहले ६२ रनको योगदान दिए । २७ ओभरको दोस्रो बलमा कार्लोस वर्थवेटले क्रिस गेलबाट क्याच आउट गराउनु अघि रामतले ७८ बलमा १० चौका प्रहार गरे । 

 

null

दोस्रो विकेटका लागि रामत र इकरामले १ सय ३३ रनको साझेदारी गरेपनि मध्यक्रम तर तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा जित सम्भव भएन । अफगानिस्तानले दोस्रो ओभरको तेस्रो बलमै कप्तान गुलबदीन नाइबलाई ५ रनमा गुमाएको थियो । नजीबुउल्लाह जदरान ३१ रनमा रन आउट भए । केमर रोचले मोहम्मद नाबीलाई २ र शमीउल्लाह शिनवारीलाई ६ रनमा क्याच आउट गराएपछि अफगानिस्तान समस्यामा परेको थियो । 

पुर्व कप्तान अस्गर अफगानले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनमा आउट भए । ४५ ओभरको दोस्रो बलमा अस्गरलाई कार्लोस बर्थवेटले कप्तान जोसन होल्डरबाट क्याच गराएपछि अफगानिस्तानको जितको संभावना सकिएको थियो । तल्लोक्रमका राशिद खान ९, दवालत जदरान १, सायद शिजायद २५ र मुजिब उर रहमानले ७ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले ९ ओभरमा ६३ रन खर्चेर ४ विकेट लिए । केमर रोचले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । क्रिस गेल र ओसन थोमसको नाममा समान १ विकेट रह्यो । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । वेस्टइन्डिजका लागि युवा विकेटकीपर शाई होपले सर्वाधिक ७७ रनको योगदान दिए । ३८ ओभरको चौथो बलमा मोहम्मद नाबीले राशिद खानबाट क्याच आउट गराउनु अघि होपले ९२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । युवा ब्याट्सम्यान निकोलस पुरनले ४३ बलमा ६ चौका र १ छक्का सहित आक्रमक ५८ रनको योगदान दिए । 

अन्तिम ओभरको पहिलो बलमा कप्तान जोसन होल्डरसँग रन लिनेक्रममा तालमेल गर्न नसक्दा पुरन रन आउट हुन पुगे । त्यस्तै कप्तान जोसन होल्डरले तल्लोक्रममा आक्रमक ब्याटिङ गर्दै ३४ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि कप्तान होल्डर र पुरनले आक्रमक १ सय ५ रनको शतकीय साझेदारी गरेपछि वेस्ट इन्डिजले विशाल योगफल तयार पारेको हो । छैटौं ओभरको तेस्रो बमलमा दलात जदरानले ओपनर क्रिस गेललाई ७ रनमा क्याच आउट गराए । 

दोस्रो विकेटका लागि होप र इभिन लुईसले ८८ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको पाँचौ बलमा राशिद खानले मोहम्मद नाबीबाट लुईसलाई ५८ रनमा क्याच गराउदै तोडे । लुईसले ७८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शिमरोन हिटमायरले ३१ बलमा २ छक्का र ३ चौका सहित ३९ रनमा क्याच आउट भए । कार्लोस वर्थवेट ४ बलमा १ छक्का र २ चौका सहित १४ रनमा अविजित रहे । अफगानिस्तानका लागि दवालत जदरानले सर्वाधिक २ विकेट लिए । मोहम्मद नाबी, सईद शिरज़ाद र राशिद खानको नाममा १ विकेट रह्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *