बाढीले लिवर्टी हाइड्रो पावरमा क्षतिः २ जनाको शव फेला, एक दर्जनबढी सम्पर्कविहीन

 

साउन ८, लमजुङ । केहीदिन यतादेखि परेको अविरल वर्षाका कारण लमजुङको ददी खोलामा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । 

ददी खोलामा आएको बाढीले बगाउँदा लिवर्टी हाइड्रोपावरमा कार्यरत २ जनाको मृत्यु भएको हो । मृतकका पहिचान अहिलेसम्म खुल्न सकेको छैन । 

null

बाढीका कारण आयोजनामा कार्यरत १५/२० जना सम्पर्कविहीन रहेको लिवर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेले जानकारी दिए । उनका अनुसार हाइड्रोपावरको उपकरणहरुमा पनि ठूलो क्षति पुगेको छ । 

२५ मेगावाट क्षमताको निर्माणाधीन लिवर्टी हाइड्रो पावरमा समेत बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङले जानकारी दिए । 

अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *