सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्छः मन्त्री लामा

 

साउन ४, चितवन । प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । चितवनको खैरहनी १ ज्यामिरेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको पर्सामा सेवा केन्द्र उद्घाटन गर्दै मन्त्री लामाले वचतमा मात्रै केन्द्रित नभई उत्पादनका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । 

‘सहकारीले पैसा जम्मा गर्ने, ऋण दिने मात्र गर्नु हुदैन’ मन्त्री लामाले भने–‘सेयर सदस्य र सहकारीकै विकासका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’ केही सहकारीले मान्छेहरुलाई घरवार विहिन समेत बनाएको बताउँदै मन्त्री लामाले त्यस्ता सहकारीलाई कडा कारवाही गर्ने र राम्रो गर्नेलाई पुरस्कृत गरिने निति प्रदेश सरकारले लिएको बताए । 

null

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले सहकारी बैंक भन्दा विश्वासिलो आधार बन्दै गएकाले सहकारीको सिद्धान्त अनुसार चल्नु पर्ने धारणा राखे । शुभकामना वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, सहकारीका पूर्व अध्यक्ष लालप्रसाद चालिसे, बर्तमान उपाध्यक्ष रमेश बुर्लाकोटी लगायतले मन्तव्य राखेका थिए । 

सो सहकारीमा करिब १ हजार ४३० जना सदस्य छन् । सेवा केन्द्र उद्घाटनसँगै लखपति वचत योजना समेत सुरुवात गरिएको सहकारीका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *