आयरल्याण्ड ३८ रनमा अलआउट, इंग्ल्याण्डको सहज जित

एजेन्सी । क्रिस वोक्सले घातक बलिङ गर्दै ६ विकेट लिएपछि आयरल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्ड १ सय ४३ रनले विजयी भएको छ । खेलको तेस्रो दिन लन्डनको लर्डस् मैदानमा १ सय ८२ रनको लक्ष पछ्याएको आयरल्यान्ड आफ्नो दोस्रो पारीमा मात्र ३८ रनमा समेटिएपछि इंग्ल्यान्डले सहज जित हात पारेको हो । 

 

आयरल्यान्डका जेम्स म्याककोलुमले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आयरल्यान्डका ४ ब्याट्सम्यानले खाता पनि खोल्न सकेका थिएनन् । वोक्स र स्टुआर्ट बोर्डको बलिङसामु आयरल्यान्डको पारी धरासायी बनेको थियो । इंग्ल्यान्डलाई आयरल्यान्डको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्न यी दुई बाहेक अन्य कुनै बलरनै जरुरत परेन । 

null

बोर्डले ४ विकेट हात पारेका थिए । यसअघि पहिलो पारीमा ८५ रनमा अल आउट भएको इंग्ल्यान्डले दोस्रो पारीमा ३ सय ३ रन बनाएको थियो । आयरल्याण्डले आफ्नो पहिलो पारीमा २ सय ७ रनको योगफल तयार गरेको थियो । एकदिवसीय विश्व विजेता इंग्ल्यान्डलाई पहिलो पारीमा ८५ रनमै अल आउट गर्न आयरल्यान्डका टिम मुर्तागले ५ विकेट लिएका थिए । 

पहिलो पारीमा मुर्तागको उत्कृष्ट बलिङकै सहायताले इंग्ल्यान्ड घरेलु मैदानमा सबैभन्दा कम रनमा समेटिएको थियो । आयरल्यान्डका लागि पहिलो इनिङमा एन्डी बलबिराइनले अर्धशतक बनाएका थिए । इंग्ल्यान्डका स्टुआर्ट बोर्ड, ओले स्टोन, साम कुरानले समान तीन/तीन विकेट लिएका थिए । इंग्ल्यान्डका लागि दोस्रो पारीमा ज्याक लिचले सर्वाधिक ९१ रन बनाए । यस्तै ज्यासन रोयले ७२, जोय रुटले ३१, साम कुरानले ३७ र बोर्डले २१ रनको योगदान दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *