प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २१/२२ औँ बार्षिक साधारण सभा सम्पन्न

 

असार ३०, काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २०७६ असार २९ गते आइतबार २१ औं तथा २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे । उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारे । 

null

साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष महर्जनले प्राप्त सल्लाह तथा सुझावहरुको सराहना तथा आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । 

सो साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात् पारित गरेको छ । 

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का निम्ति बाह्य लेखा परीक्षकका रुपमा एस.एम.सी एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै संस्थाको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु सर्वसम्मतिले पारित गरेको छ । 

सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थापक समूहबाट किशोर कुमार महर्जन, लक्ष्मी प्रसाद महर्जन एव शम्भुलाल डंगोल निर्विरोध सञ्चालक निर्वाचित भए भने सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन एवं श्रीमति सविना महर्जन सञ्चालकमा निर्विरोध निर्वाचित भए । 

नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत रोशनकुमार बजिमयले प्रमाणपत्र वितरण गरे । साधारण सभा लगत्तै बसेको नवनिर्वाचित संचालक समितिको सहमतिय बैठकले किशोर कुमार महर्जनलाई पुनःअध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको कम्पनी सचिव विशाल हुमागाईंले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *