बाढी र पहिरोका कारण ६ दर्जन बढी मुख्य सडक अवरुद्ध

काठमाडौं, ९ साउन । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा बाढी र पहिरोले क्षति पु¥याएको छ । 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छ । देशभर मंगलबार विभिन्न सडकका १७ मुख्य ठाउँमा सडक अवरुद्ध भएको थियो । गत शनिबार भने ६१ स्थानमा सडक अवरुद्ध थियो । 

null

वर्षापछिको बाढी र पहिरोबाट गत १ साउनमा महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कान्तिपथलगायत दर्जन स्थानमा सडक अवरुद्ध भएकोमा त्यसको भोलिपल्ट २ साउनमा देशका विभिन्न ५३ स्थानमा सडक अवरुद्ध भएको थियो । यो खबर आजको राजधानी दैनिकले छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =