चितवनमा सक्कली सुन भन्दै नक्कली सुन देखाएर ठगी
साउन ३, चितवन । चितवनको खैरहनी नगरपालिका ८ पर्साबाट एक महिलालाई प्रलोभनमा पारी शुक्रबार सक्कली सुन ठगी गरिएको छ ।
नक्कली सुनको ढिक्का देखाएर उनले लगाएको सक्कली सुन ठगिएको प्रहरीले जनाएको छ । दुई जना अपरिचित युवाहरुले सुन साटी दिने भनि नक्कली सुनको ढिक्का देखाई उनले लगाएको सुनाको वाला २ थान, लकेटसहितको सिक्री गरि ५ तोला बराबरको सुन ठगी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए ।
null
ठगी भएको भन्ने सुचना हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय खैरहनी प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डको प्रहरी टोलीले ति युवाहरुको खोजिरहेको प्रवक्ता कोइरालाले बताए ।
नक्कली सुन देखाई लुटपाट गर्ने तथा ठगी गर्ने गिरोह चितवन प्रवेश गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले सचेत हुँदै त्यस्ता शंकास्पद व्यक्ती भेटिएमा प्रहरीलाई खबर गर्न आग्रह गरे ।