घाँटी रेटेर एक जनाको हत्या

सुनसरी, ६ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान घाँटी रेटेर एक जनाको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटेर हत्या भएको जल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

 

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *