असार महिनामै साढे २ खर्ब खर्च, सद्दे गाडी ग्यारेजमा थन्काउँदै नयाँ गाडी

काठमाडौं, १ साउन । आज पत्रपत्रिकामा फरक फरक समाचार प्रकाशित भएका छन् । कान्तिपुर दैनिकमा असार महिनामै साढे २ खर्ब बजेट सरकारले सकेको समाचार छ । भने, नागरिक दैनिकमा सद्दे गाडी ग्यारेजमा थन्काएर संसदीय समितिका सभापतिलाई सरकारले नयाँ गाडी उपलब्ध गराएको समाचार प्राथमिकतामा परेको छ । 

 

कान्तिपुरले मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ भएको र खर्च भएको बजेटको करिब २४ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ असारमै सकिएको लेखेको छ । त्यस्तै, कान्तिपुरले नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देश साउदी अरब, यूएई, ओमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको समाचार पनि छापेको छ । 

null

 

नागरिक दैनिकले संघीय संसदअन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्काउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको समाचार छापेको छ । पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ । दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ । 

 

राजधानी दैनिकले सीटीईभीटीबाट तालिम लिएर पाँच लाख प्राविधिक जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार हुने गरेका समाचार छापेको छ । राजधानीमै न्याय प्रणाली सुधार्न सर्वोच्च अदालतले चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको समाचार पनि छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *