आजदेखि भृकुटीमण्डपमा इक्यान शैक्षिक मेला सुरु

काठमाडौँ, २६ असार । विदेश जाने विद्यार्थीलाई परामर्श र सहि सूचना दिने उद्धेश्यले आज देखि शैक्षिक मेला शुरु हुँदै छ । परामर्शदातृ संस्थाहरुको संस्था नेपाल शैक्षिक परामर्श संघ इक्यानले आयोजना गर्न लागेको मेला आजबाट सुरु हुन लागेको हो । 

 

भृकुटीमण्डपमा हुने तेर्हौ संस्करणको मेलामा विद्यार्थी र अभिभावकलाई सम्बन्धित कलेजका प्रतिनिधिले प्रत्यक्ष रुपमै परामर्श दिने ब्यवस्था मिलाईएको इक्यानले जनाएको छ । 

null

नेपाली विद्यार्थीलाई विदेशी शिक्षा प्रणाली तथा शैक्षिक भविष्यका बारेमा परामर्श दिइने छ । मेलामा विद्यार्थीले विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयको छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा परामर्श लिन सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *