प्रदेश १ स्तरीय मुख्यमन्त्री कप : सुनसरी र धनकुटा विजयी

सुनसरी, २० असार । विहिबार सम्पन्न मुख्यमन्त्री कप प्रदेश लिग अन्तर्गत क्षेत्र नम्बर २ को प्रतियोगिताको दोश्रो चरणको चौथो खेलमा सुनसरी र धनकुटाले ४/४ अंक बटुलेका छन् । उनीहरुले आफ्नो खेल जित्दै चार चार अंक बनाएका हुन् ।
धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा बिहिबार दिउसो २ बजेबाट भएको खेलमा सुनसरीले संखुवासभालाई ३-० गोल अन्तरले हराउदै आफ्नो अंक ४ पु¥याएको हो । जसमा सुनसरीको तर्फबाट खेलको पहिलो हाफको १४ औ मिनेटमा जर्सी नं १० का खेलाडी अभिनाष तामाङले १ गोल गरेका थिए । खेलको दोश्रो हाफको ३२ औ मिनेटमा जर्सी नं १४ का मिलन लिम्बु र ३७ औं मिनेटमा जर्सी नं २५ का उमेश राईले गोल गर्दै खेल आफ्नो पक्षमा लगेका थिए ।
null
निकै प्रतिष्पर्धात्मक रहेको खेलको म्यान अफ दि म्याच सुनसरीका जर्सी नं १० का खेलाडी अभिनाष घोषित भए । उनले नगद ५ हजारका साथै टर्फि तथा मेडल हात पारेका छन् । यसैगरी, अर्को खेलमा धनकुटाको बौद्धिक विकास समिति र कोदार फुटबल क्लब भोजपुर बीचको खेलमा धनकुटा ४-१ गोल अन्तरले विजयी भएको छ । जसमा खेल सुरु भएको ८ औ मिनेटमा नै सुरुवाती अग्रता भोजपुरका जर्सी नम्बर ११ का विजय भुजेलले गरेका थिए ।
खेल निकै नै प्रतिष्पर्धा चलेपनि खेलको दोश्रो हाफपछि धनकुटाका जर्सी नं ११, १२ र १३ चम्कीदा भोजपुर स्तबध हुन पुग्यो भने धनकुटा पनि ४ अंक प्राप्त गर्न सफल भयो । जसमा जर्सी नं ११ का अभिनाश राईले ३१ औ जर्सी नं १२ का संजय रम्तेलले ४० औ र जर्सी नं १३ का बिबश लिम्बुले ४२ औ मिनेटमा नै गोल गर्न सफल भएका थिए ।
त्यस्तै सोही खेलको म्यान अफ दि म्याच भने धनकुटाका ११ नं जर्सीका अभिनाष राई घोषित हुदै नगद ५ हजार र मेडल तथा ट्रफी हात पारे । प्रतियोगितामा शुक्रबारको खेल तेह्थुम र संखुवासभाका बीच दिउसो ३ बजे हुनेछ ।
अखिल नेपाल फुटबल संघ र प्रदेश १, सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौता बमोजिम मुख्यमन्त्री कप प्रदेश लिग ३ क्षेत्रमा विभाजन गरेर आयोजना भइरहेको छ । खेलमा क्षेत्र नम्बर २ अन्र्तगत सुनसरीको लिग विजेता धरान फुटबल क्लब, धनकुटाको बौद्धिक विकास समिति, तेह्रथुमको तेह्रथुम जिल्ला फुटबल संघ, संखुवासभाको मिरमिरे यूवा क्लव र भोजपुुरको कोदार फुटबल क्लब सहभागी भएका छन् ।








