कर्मचारी आत्महत्या प्रकरणः समताका सञ्चालक पत्नीसहित तीन जनालाई धरौटीमा छोड्न आदेश

 

साउन २, काठमाडौं । बौद्धस्थित समता अस्पतालमा कार्यरत महिला कर्मचारीले झुण्डिएर आत्महत्या गरेपछि पक्राउ परेका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेलसहित ३ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ । 

गत असार ३ गते समतामा कार्यरत बिमला तामाङको अस्पतालमै झुण्डिएको अवस्थामा शव फेला परेपछि उनीहरु विरुद्ध मृतक तामाङका आफन्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । 

null

घटनापछि सञ्चालक उत्तमकी पत्नी कला सञ्जेल, अस्पतालकै कर्मचारी तीर्थ कुमार श्रेष्ठ र अर्का कर्मचारी संगिता केसी पक्राउ परेका थिए । मृतक तामाङले लेखेको ‘डेथ नोट’ मा हाल कारागार चलान गरिएका तीनै जनाको नाम रहेको फेला परेको थियो । 

जिल्ला अदालतले उनीहरुविरुद्ध जनही ३ लाख धरौटीमा छोड्ने फैसला सुनाएको हो । 

तर, अदालतको आदेशअनुसार तीनै जनाले ३ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनीहरुलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

तामाङको पोष्टमार्टम रिपोर्टमा पनि आत्महत्या गरेको देखिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *