अण्डा उत्पादक संघको विवाद अधिवेशनबाट टुंग्याइँदै, अध्यक्षमा भट्ट र केसीको दाबी

 

                                                         उम्मेद्वार रघुनाथ भट्ट 

साउन ९, चितवन । नेपाल अण्डा उत्पादक संघमा देखिएको विवाद अधिवेशनबाट टुंग्याइने भएको छ । 

null

संघभित्रको विवादका कारण त्रिलोचन कडेंलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरि निवर्तमान अध्यक्ष शिवराम केसीको नेतृत्वमा केही समय अघि सम्पन्न साधारण सभामा उपस्थित बहुमत सदस्यहरुले समिति गठन गरेको थियो । 

संघभित्रै समानान्तर समिति गठन भएपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा अधिवेशन गरि नयाँ समिति चयन गर्न लागिएको हो । 

विशेष साधारण सभा तथा अधिवेशन यही साउन ११ गते चितवनको रत्ननगरमा हुने जानकारी दिइएको छ । अधिवेशनमा वर्तमान समितिका उपाध्यक्ष रघुनाथ भट्ट र समानान्तर समिति गठन पश्चात अध्यक्ष बनेका शिवराम केसीले उम्मेदवारी दिने तयारी गरेका छन् । 

  

                                                            उम्मेद्वार शिवराम केसी 

अध्यक्षमा उम्मेदवारी दिन लागेका वर्तमान उपाध्यक्ष भट्टले किसान, सप्लायर्स सबैलाई मिलाएर लैजाने, किसानलाई उत्पादनको उचित मुल्य दिलाउनुका साथै संघको हितका लागि उम्मेदवारी दिन लागेको जानकारी दिए । भट्ट विगत २४ वर्षदेखि पोल्ट्री क्षेत्रमा क्रियाशिल छन् । 

रत्ननगर १२ घर भएका भट्ट पूर्वी चितवन कुखुरा व्यवसायी मञ्चको निवर्तमान अध्यक्ष, चितवन नवलपुर दाना वितरक संघ, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष, नेपाल कुखुरा व्यवसायी मंचका उपाध्यक्ष समेत हुन् । पोल्ट्रीसँग सम्बन्धित ८ वटै संगठनको समर्थन रहेको भट्टको दाबी छ । 

अध्यक्षका अर्का उम्मेद्वार शिवराम केसीले पनि अधिवेशनबाट आफू पुनः अध्यक्षमा निर्वाचित हुने दावी गरेका छन् । अण्डा उत्पादक सम्पूर्ण किसानहरुको आफुलाई साथ दिएकाले सजिलै निर्वाचित हुने केसी बताउँछन् । 

केन्द्रीय संघमा करिब १ हजार सदस्य रहेका छन् । अधिवेशनका लागि चितवनका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =