सिके राउतको जीवनीमा बन्यो फिल्म् (टिजरसहित)

 

साउन ३, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको जीवनीमा आधारित चलचित्र निर्माण हुने भएको छ । 

५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथामा निर्माण गर्न लागिएको ‘डा. सिके राउत द प्यासन’ नामक चलचित्रको टिजर समेत सार्वजनिक भइसकेको छ । चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुनेछ । 

null

विजेता गिरीको प्रस्तुति रहने चलचित्रलाई सन्तोष शाहले निर्देशन गर्नेछन् । भोजपुरी फिल्मका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निर्वाह गर्ने निर्माण टीमले जानकारी दिएको छ । 

चलचित्रमा परदेशीसहित ध्रुव कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापा लगायतका कलाकारको मुख्य अभिनय रहनेछ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =