पूर्व गृहमन्त्री शर्माको प्रस्तावः एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाऔं

असार २३, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रदेश प्रहरी प्रमुख बनाउने पस्ताव राखेका छन् ।
समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको छलफलमा भाग लिँदै नेता शर्माले यस्तो प्रस्ताव राखेका हुन् ।
null
शान्ति सुरक्षाको अधिकार नहुँदा प्रदेश सरकार सरकार जस्तो हुन नसकेको भन्दै उनले प्रदेश प्रहरी प्रमुखबाहेक अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश सरकारलाई नै दिनुपर्ने बताए ।
वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक केन्द्रले खटाउने व्यवस्थामा संशोधन गर्दै प्रदेश प्रहरीले पदपूर्ति नगर्दासम्म थप्नुपर्ने उनको सुझाव छ ।
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले शर्माको उक्त प्रस्तावित व्यवस्थाको समर्थन गरेका थिए ।








