पूर्व उपसचिवको घरमा गोली प्रहार, अनुसन्धानको घेरामा छिमेकी

 

साउन १४, काठमाडौं । काठमाडौँको कलंकीमा सोमबार राती पूर्व उपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा सोधपुछका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले उपसचिव शर्माका छिमेकी सुभाङ्कर खनाललाई नियन्त्रणमा लिएको हो । खनाल इन्जिनियर हुन् । उनको घरबाट दुई थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ । 

null

खनालको घरबाट बरामद भएको हतियार इजाजत प्राप्त भएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनको घरबाट बरामद गोली परीक्षण गर्न पठाइएको महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले जानकारी दिए । 

करिब साढे ९ बजे इन्जिनियर शर्माको घरको तेस्रो तलामा गोली प्रहार भएको थियो । शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा गोली चलाएको थियो । गोली चलेको समयमा उनी पढ्दै थिइन् । एक्कासी ठूलो आवाजमा सिसा फुटेको आवाज आएपछि कोठामा के भएछ भनेर हेर्न अन्य सदस्य जाँदा त्यहाँ गोली जस्तो बस्तु परेको थियो । लगतै उनीहरुले प्रहरीलाई खबर गरेका थिए । 

तर गोली कसले चलायो भने खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *