बराह कृषी, उपज तथा पशुपालन परियोजनाको अवलोकन तथा धान रोपाई कार्यक्रम सम्पन्न

सुनसरी, २४ असार । ब्यवसायिक सफलतासंगै सामाजिक क्षेत्रमा काम गर्दै आएका बराह डिपार्टमेन्ट स्टोरले मोरङको ग्रामथान ५ तेतरीयामा बराह कृषी, उपज तथा पशुपालन प्रालि परियोजना स्थलको सोमबार परियोजना स्थाल अवलोकन तथा धान रोपाई कार्यक्रम सम्पन्न गरेको छ । कृषि, पशु, वन, उद्योग, व्यापार, पर्यटन विकासको परिकल्पना, व्यावसायीकरण द्वारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना गर्ने उदेश्यले स्थापना गरिएको सो प्रालिको उदघाटन भने प्रदेश नं १ का आर्थिक योजना मन्त्री ईनद्र आङवोले गरेका हुन् ।
सोही अवसरमा बोल्दै मन्त्री आङवोले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री आङवोले कृषी मार्फत स्थानिय स्तरमा नै स्वरोजगारीको अवसर सिर्जना गर्दै देश विकासको लागि पहल गर्ने र उत्पादनलाई व्यावसायीकरण गर्दै उद्योगको विकास गरी निर्यात बढाउन पहल गरिने बताएका थिए ।
null
करिव ७ बिघा क्षेत्रफलमा रहेको सो परियोजनामा कृषि खेतीका साथै माछा, कुखुरा, गाई तथा उन्नत जातका घासको उत्पादनहरुलाई प्राथमिकता दिईएको बराहका धरान शाखा अध्यक्ष मान बहादुर दियालीले जानकारी दिए । सोही अवसरमा धान रोपाईको समेत गरिएको थियो । जँहा प्रदेश नं १ का सासंदहरु, ग्रामथान गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, पत्रकार लगायतका सयौंको संख्यामा उपस्थित रहेका थिए भने सर्वसाधारणले धान समेत रोपेका थिए ।








