बेलायतमा आयोजित शारीरिक सुगठनमा मनन गुरुङ च्याम्पियन

काठमाडौं, १३ साउन । बेलायतमा आयोजित एउटा शारीरिक सुगठन प्रतियोगितामा मनन गुरुङ च्याम्पियन बनेका छन् । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेज हलमा शनिबार साँझ आयोजित प्रतियोगितामा २९ वर्षीय गुरुङ सातौँ ‘मिस्टर यूके नेपाल २०१९’ भएका हुन् । उनले एक हजार पाउण्डको चेक, मेडल र ट्रफी पाए । 

जितपछि उत्साहित हुँदै मननले यस प्रतियोगिताले आफ्नो आत्मबल झन् बढेको बताए । स्वस्थ्य रहनु जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो’, विगत पाँच वर्षदेखि निरन्तर व्यायममा लागेका उनले कान्तिपुरसँग भने, ‘प्रतियोगिताले युवाहरुलाई प्लेटफर्म दिनेमात्र होइन, स्वस्थ्यप्रति सजग रहन र सही बाटोमा लाग्न उत्प्रेरित गर्ने मेरो बुझाइ छ ।’मास्टर र ओभरअल गरी ११ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा सागर बिक फस्ट रनरअप भए भने सेकेन्ड रनर अप उपाधि तारा गुरुङले जिते । मास्टरतर्फ खगेन्द्रराज गुरुङ विजेता बने भने फस्ट र सेकेन्ड रनरअपमा क्रमशः क्याप्टेन उमेश पुन र नेत्र फगामी भए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *